आइतबार, जेठ ६, २०८१

बसको ठक्करबाट महिलाको मृत्यु भएपछि सुर्खेत तनावग्रस्त, ४ राउण्ड अश्रु ग्यास प्रहार

मेरोन्यूज २०७९ फागुन १ गते १४:२२

सुर्खेत । बसको ठक्करबाट महिलाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगरमा अवस्था तनावग्रस्त बनेको छ । आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

Advertisement

मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको दोहोरो झडपमा प्रहरीले ४ राउण्ड अश्रु ग्यास प्रहार गरेको हो । स्थिति सम्हाल्न लागेका प्रहरी समेत घाइते भएका छन् ।

आइतबार बसको ठक्करबाट मृत्यु भएकी जाजरकोटकी नदी रावतका आफन्तहरुले सोमबार बिहानैदेखि आन्दोलन जारी राखेका छन् ।

प्रतिक्रिया