आइतबार, जेठ ६, २०८१

नेपालले टर्की पठायो २२ टनभन्दा बढी राहत सामग्री

मेरोन्यूज २०७९ फागुन १ गते १३:४४

काठमाडौं । नेपाल सरकारले टर्कीका भूकम्प पीडितका लागि राहत सामग्री पठाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भूकम्प पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज दिउँसो टर्की पठाइएको हो ।

Advertisement

०६ फेब्रुअरी मा टर्किमा गएको विनाशकारी भूकम्पपछि त्यहाँको राहत र पुनःस्थापनाको प्रयासमा ऐक्यबद्धता जनाउँदै नेपाल सरकारले राहत सामग्री पठाउने निर्णय गरेको थियाे ।

टर्की र सिरियामा गरी करिब ३४ हजार जना मानिसको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया