आइतबार, जेठ ६, २०८१

संविधानले नचिनेको दिवसमा बिदा दिएर के सन्देश दिन खोजेको : डा. शेखर कोइराला

मेरोन्यूज २०७९ फागुन १ गते ६:३९

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संविधानले नचिनेको दिवसमा बिदा दिएर सरकारले के सन्देश दिन खोजेको भनेर प्रश्न गरेका छन् ।

Advertisement

सामाजिक सञ्जाल ट्वीटरमा नेता डा. कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकातिर आफै बिदा कटौती गरौं भन्ने अर्कोतिर आफैले संविधानले नचिनेको दिवसमा बिदा दिने निर्णयले आम नेपाली जनतालाई के सन्देश दिन्छ भन्ने प्रश्न समेत गरेका छन् ।

उनले भनाइ एकातिर गराइ अर्कोतिर कस्ता शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ भन्ने प्रश्न पनि गरेका छन् ।

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ डा. कोइरालाले ट्वीटरमा लेखेका छन्, ‘आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको ? देश कता जाँदैछ ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ ?”

प्रतिक्रिया