शनिबार, जेठ ५, २०८१

बालुवाटारभित्रको गन्थन : ओलीको प्रश्नमा प्रधानमन्त्रीको मौनता

शितल शर्मा २०७९ माघ २७ गते २०:१९

काठमाडौं । सत्ता साक्षेदार दलहरुका बीचमा उच्चस्तरीय राजनीतिक संन्यत्र छ । एमाले अध्यक्ष केपी ओली त्यसका संयोजक छन् । प्रधानमन्त्री छन् नेकपा (माओवादी केन्द्र०का अध्यक्ष प्रचण्ड ।

Advertisement

गठबन्धन सुरुमा एमाले, माओवादी, राष्टिय स्वतन्त्र पार्टी, राष्टिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी गरेर ७ पार्टी मिलेर बनेको थियो ।

तर पछिल्लो दिन गठबन्धनमा ती दलहरुकै आ आफ्नै असन्तुष्टिका कारण सोचजस्तो मित्रता र सौहार्द्रता छैन । रास्वपा सरकारमा पुगेर पनि बाहिरिसकेको छ ।

नागरिक उन्मुक्तिको मत नपाएकै कारण सूदुरपश्चिममा यही गठबन्धनको सरकार ३० दिनमै ढलेको छ । राष्ट्रपति निर्वाचन सम्मुखमा छ । प्रधानमन्त्री सबै दललाई मान्य हुने गरी साझा सहमति खोजिरहेका छन् । तर एमाले अध्यक्ष ओली त्यसमा सहमत छैनन । उनी प्रचण्डको त्यस्तो प्रस्तावमा असहमति जनाईरहेका छन् ।

सरकार निर्माणका बेला भएको सहमति सम्झन प्रधानमन्त्रीलाई ओलीले पटक पटक आग्रह गरेका छन् । माघ २ गते यता सत्ता गठबन्धनका शीर्ष नेताहरु रहेको उच्चस्तरीय राजनीतिक संन्यत्रको बैठक बस्न सकेको थिएन ।

तर शुक्रबार गठबन्धनको बैठक बालुवाटारमा बस्यो । बिहिबार नै बैठक बस्ने भनेपनि ओली र प्रचण्ड मात्रै सिंहदरवारमा बैठक बसेर बिहिबारको बैठक शुक्रवारलाई सारिएको थियो ।

त्यसपछि आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको थियो । तर बैठक त्यक्ति सौहाद्र्ताका साथ सम्पन्न नभएको स्रोतको भनाई छ ।

एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र रास्वपाका सभापति रवि लामिछाने एउटा कित्तामा उभिएर प्रधानमन्त्री प्रचण्डलाई सवालजवाफ गरिरहेका थिए । प्रधानमन्त्री भने सहमति र सहकार्यको विषयमा जोड लगाईरहेका थिए ।

रवि लामिछानेको दल सरकारबाट बाहिरिएको विषय र आगामी राष्ट्रपति उम्मेदवारका विषयमा केन्द्रीत रहेर झण्डै दुई घण्टा गठबन्धनका शीर्ष नेताहरु बैठकमा बसे। तर मुख्य दुई शीर्ष नेताले आ आफ्नै ढंगले कुरा राखेर बैठक सकिएको थियो । न ओलीले एमालेले उठाउने राष्ट्रपति उम्मेदवारका विषयमा केही बताए, न प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा सहमति खोज्नुपर्ने आफनो अडानलाई नै छोडे ।

‘‘सरकार निर्माणका बेला एउटा समझदारी थियो । तर उहाँहरु (रवि) बाहिरिएको प्रोसेस नै त्यत्ति मिलेको जस्तो लाग्दैन । पुस १० को सहमति कार्यान्वयन गर्दै फेरि सरकारमा उहाँहरुलाई कसरी ल्याउने ? यसबारेमा पनि हामीले सोच्नुपर्छ ।’ ओलीले प्रधानमन्त्रीसँग भने ।

तर प्रधानमन्त्रीले जवाफमा भनेका थिए, ‘मैले त रविजीलाई भनेकै हुँ नि, सरकार नछोड्नु भनेर, तर, उहाँले मान्नुभएन ।’

रविले पनि सरकार छोडनु परेको विषयमा आफुलाई दिएको मन्त्रालय नै नदिएको कारण रहेको बताएका थिए ।

ओलीले मात्रै होइन, राजेन्द्र लिङदेनले पनि पुस १० मा भएको सहमतितिर सबैले ख्याल गनु गर्नुपर्ने बताए । तर प्रधानमन्त्रीले आफुले सरकार नछोडन गरेको आग्रह रविजीको पार्टीले नसुनेको मात्र बताए ।

रविको पार्टीलाई फेरि सरकारमा लयाउने विषयमा प्रधानमन्त्रीले केही बताएनन ।

प्रधानमन्त्रीले ओलीलाई ‘हुन्छ’ भन्न सकेनन् । ‘हुन्न’ भन्ने स्थिति नै थिएन । मौनतामै प्रधानमन्त्रीले आफूलाई सीमित राखे ।

त्यसपछि विषय राष्टपतितिर केन्द्रीत रह्यो । ओलीले माओवादी केन्द्रको बैठकमा प्रधानमन्त्रीले गरेको सम्बोधनको सञ्चारमाध्यममा आएको समाचारबारे जिज्ञासा राखे ।

‘राष्टपतिको विषयमा हाम्रा बीचमा सहमति भईसकेको होइन र ? अहिले किन के- के कुरा आईरहेका छन्, यो विषयमा फेरि हामीले अरुतिर किन मन डुलाउने ? ओलीले प्रश्न गरे ।

जवाफमा प्रधानमन्त्रीले भने, मिडियामा के आयो रु कसले के भन्यो ? मैले यतातिर ध्यान दिएको छैन । राष्टपति निर्वाचनमा म गम्भीर छु । यसमा राष्ट्रिय सहमति बनाउन सके धेरै राम्रो हुन्छ, त्यसको प्रयास त हामीले गर्नु पर्छ।’

ओलीले भने, ’हामीले सहमति गरेर बाँडफाँट गरेका थियौँ, तर, सुदूरपश्चिम सरकार ढल्यो, एक महिनामै ढल्यो, त्यहीँबाट अस्थिरता सुरु भयो । अब यहाँ कसले कसलाई कसरी विश्वास गर्ने ? ‘

त्यसपछि राप्रपा अध्यक्ष बाहिरिए । बैठक त्यसपछि केही गन्थनमन्थनमै विते । नेताहरु फेरि छलफललाई निरन्ततार दिने भन्दै उठेका थिए ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया