शनिबार, जेठ ५, २०८१

फेरि सर्‍यो सुदूरपश्चिम प्रदेशसभाको बैठक, नागरिक उन्मुक्तिका सांसद अझै काठमाडौँमै

मेरोन्यूज २०७९ माघ २६ गते १२:५५

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको बैठक फेरि सरेको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक अपरान्ह ४ बजेसम्मका लागि सारिएके हो ।

Advertisement

मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बिहीबार १ बजेका लागि बोलाइएको बैठक नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिने निश्चय अझै नगरेकाले सारिएको हो ।

नागरिक उन्मुक्ति पार्टीका ७ जना सांसद काठमाडौंमा छन् । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । नागरिक उन्मुक्ति पार्टीका सांसदले मत नदिए रावल नेतृत्वको सरकार ढल्छ । नागरिक उन्मुक्तिले आफ्ना नेता रेशम चौधरीको रिहाइ वा रिहाइको लिखित प्रतिबद्धता नगर्दासम्म विश्वासको मत नदिने माग राखेको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नाउपाका ७ र राप्रपाका १ जना सांसद छन् । नाउपाले विश्वासको मत नदिएको अवस्थामा सरकारलाई बहुमत (२७) पुग्दैन ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूहरूको माग पूरा नभएसम्म सरकारलाई विश्वासको मत नदिने अडान कायम रहेको बताइन् ।

प्रतिक्रिया