बिहीबार, वैशाख १३, २०८१

रवि लामिछानेको आरोपमा बोले कैलाश शिरोहिया : आरोप प्रमाणित गर्न चुनौति

मेरोन्यूज २०७९ माघ २४ गते १८:५७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुरले ठूलो सस्थासँग शेयर वार्गेनिड गर्ने गरेको भनी लगाएको आरोपका बारेमा पुष्टि गरेर देखाउन चुनौति दिएका छन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहियाले आज ५ बुँदे विज्ञेप्ती जारी गदैं त्यस्तो चेतावनी दिएका हुन् ।

लामिछानेले लगाएका लाञ्छनामा उनले खेद समेत प्रकट गरेका छन् ।
नेपालको नागरिकताबिना सांसद र मन्त्री भएको सर्वोच्च अदालतबाट ठहर भइ पद गुमाउनु परेको, गैरसांसदका रूपमा पुनः गृहमन्त्री बन्न नपाएको झोकमा तथा दोहोरो पासपोर्टसम्बन्धी प्रहरी अनुसन्धानलाई प्रभावित पार्न लामिछानेले समग्र नेपाली मिडियामाथि सुनियोजित प्रहार गरेको सिरोहियाले उल्लेख गरेका छन् ।

हेर्नुहोस सिरोहियाको ५ बुँदे विज्ञेप्ती

प्रतिक्रिया