मंगलबार, वैशाख ४, २०८१

टर्की भूकम्पमा परेका घानाका खेलाडी सम्पर्क‍विहीन

मेरोन्यूज २०७९ माघ २४ गते १४:५३

टर्कीमा गएको भूकम्पपछि आफ्ना खेलाडी विंगर क्रिस्टियन अत्सु सम्पर्कविहीन  रहेका भन्दै घाना फुटबल संघले खोजी गरिदिन आग्रह गरेको छ ।

सोमबार टर्की र सिरियामा ७.८ म्याग्निच्युडको भूकम्पपछि अस्तु पनि सम्पर्क नआएपछि घानाले सो आग्रह गरेको हो ।  साे भूकम्पबाट करिब ५ हजारले ज्यान गुमाइसकेका छन् । वर्षासँगै चिसो पनि बढेपछि उद्धार र राहतमा समस्या भएको उद्धारकर्मीले जनाएका छन् ।

टर्की सरकारले प्रभावित क्षेत्रमा उद्धार र खोजीकार्य जारी रहेको र खेलाडी अत्सुको पनि खोजी भइरहेकाे जनाएकाे छ ।

हटेस्पोरका ३१ वर्षका अत्सुले आइतबार सुपर लिग गेममा कासिम्पासविरुद्ध अन्तिम समयमा निर्णायक गोल गरेका थिए । अत्सुले न्यक्यासल युनाइटेडबाट पाँच सिजन खेलेका थिए । घाना फुटबल संघले अत्सुसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि उनको बारेमा केही खबर नआएको जनाएको छ । 

‘हामी क्रिस्टियन अत्सु सकुशल हुन् भन्ने कामना गर्छौ,’ घाना फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ,  ‘साथै हामी टर्की र सिरिया भूकम्पबाट प्रभावितहरुको  पनि स्वास्थ्य लाभको कामना गर्छौं ।हामी टर्की फुटबल संघ र हटेस्पोरसँग सम्पर्क गर्ने प्रयासमा छौँ । हामी सुखद् खबरको पर्खाइमा छौँ ।’ 

प्रतिक्रिया