शुक्रबार, चैत १६, २०८०

स्वदेशी सफ्टवेयरको प्रयोग बढाउने गरी नीति–नियम बनाउन क्यान महासंघको माग

मेरोन्यूज २०७९ माघ २४ गते १४:३१

काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघले सरकारी निकायहरुमा स्वदेशमा नै बनेका सफ्टवेयरहरुको प्रयोग बढाउने गरी नीति–नियमहरु बनाउन सरकारसँग माग गरेको छ । क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले सरकारसँग सो माग राखेका हुन् ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको २५ औं संस्करणको क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रममा बोल्दै उनले स्वदेशी सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र उनीहरुको क्षमता अभिवृद्धिमा जोड दिन पनि सरकारको ध्यानाकर्षण गराए । शुन्य भन्सार दरमा आयात हुँदै आएका कम्प्युटरसम्बन्धि सबै सामानहरु मध्ये कम्प्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर केही समयदेखि भन्सार कर लगाउने गरेकोमा आपत्ति जनाउँदै अध्यक्ष पोदारले त्यसलाई तत्काल हटाउन पनि सरकारसँग आग्रह गरे ।

उनले भने, ‘सफ्टवेयर उद्योगका लागि प्रोत्साहित गर्न र भएका उद्योग क्षमता अभिवृद्धि गर्न तथा सरकारी कामकाजमा स्वदेशी सफ्टवेयरहरुको प्रयोग बढाउन नीति, नियमहरु बनाउन म अनुरोध गर्न चाहन्छु । त्यसैगरी कम्प्युटरसम्बन्धि सम्पूर्ण सामानहरु आयात गर्दा शुन्य भन्सार रहेकोमा केही समयदेखि कम्युटर, मनिटर र स्मार्ट बोर्डलाई टेलिभिजन भनेर सोही अनुसारको भन्सार कर लगाउने गरिएकोमा ध्यानाकर्षण गराउन चाहन्छु ।’

यही माघ २९ गतेसम्म चल्ने इन्फोटेक मेला सूचना प्रविधिसम्बन्धि चासो राख्नेहरुका लागि विशेष थलो हुने बताइएको छ । सो इन्फोटेकलाई करिव साँढे ३ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको पनि क्यान महासंघले जनाएको छ ।

Advertisement

प्रतिक्रिया