शनिबार, वैशाख १५, २०८१

कुमारी बैंकको ३१ हजार कित्ता संस्थापक शेयर विक्रीमा

मेरोन्यूज २०७९ माघ २४ गते १३:२८

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३१ हजार ५३१ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय टंगाल, काठमाडौंमा बोलपत्र पेश गर्न सक्नेछन् ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियमनअनुसार उक्त शेयर अन्य कुनै व्यक्ति तथा संस्थालाई बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया