शुक्रबार, वैशाख ७, २०८१

मैतीदेवीको प्रहरी विटमा चलायो महानगरले डोजर (तस्विरसहित)

मेरोन्यूज २०७९ माघ २४ गते १३:०६

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी चोकस्थित प्रहरी विटमा डोजर चलाएको छ । महानगरको नगर प्रहरीको टोलीले विट हटाउन आग्रह गरेपछि प्रहरीले विटमा रहेका सामान सारेपछि महानगरले बिटमा डोजर चलाएको हो ।

मैतीदेवी चोकमा सडक र फुटपाथ मिचेर प्रहरीको विट निर्माण भएको थियो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।

प्रतिक्रिया