शुक्रबार, वैशाख ७, २०८१

एशियन पेन्ट्स नेपालको नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक अब बजारमा

मेरोन्यूज २०७९ माघ २४ गते १२:३३

काठमाडौं । एशियन पेन्ट्स नेपालले बजारमा नयाँ उत्पादन स्मार्टकेयर हाइड्रोलक ल्याएको छ । नेपाली बजारमा एफ्लोरेसेन्स (नुनिया) को समाधानको आवश्यकता बुझ्दै आफ्नो ग्राहकहरुको लागि बजारमा उसले स्मार्टकेयर हाइड्रोलक ल्याएको हो ।

यो एक पेनिट्रेटिभ वाटरप्रूफिंग समाधान हो, जसले वाटरप्रूफिंग तथा नुनिया विरुद्ध ३ वर्षसम्मको आकर्षक वारेन्टी दिने एशियन पेन्ट्सले जनाएको छ । हाइड्रोलकको सबैभन्दा राम्रो कुरा भनेकै यो प्रयोग गर्न निक्कै सजिलो हुने, यसलाई प्लास्टर गरिएको भित्तामा सजिलै प्रयोग गर्न सकिने एशियन पेन्ट्सले दावी गरेको छ ।

हाइड्रोलक उत्कृष्ट डुअल टेक्नोलोजीको साथ आउँने र यसले ‘वाटरप्रूफिङको च्याम्पियन’को रूपमा स्थापित गरेको छ।

प्रतिक्रिया