शनिबार, वैशाख १५, २०८१

भारतको नक्सामा हिँडेपछि ट्रोल भए अक्षय कुमार

मेरोन्यूज २०७९ माघ २४ गते १२:०३

बलिउड अभिनेता अक्षय कुमार ट्रोलको निशानामा परेका छन् । अक्षयले हालै सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेका छन्, जसमा उनी भारतको नक्सामा हिँडिरहेको देखिएका छन् । क्लिपमा अक्षयसँगै दिशा पटानी, नोरा फतेही, मौनी रोय र सोनम बाजवा पनि नक्सामा घुमिरहेको देख्न सकिन्छ ।

यस भिडियोमा अक्षय इन्टरनेशनल एयरलाइन्सको विज्ञापनमा देखिएका छन् । यो भिडियो शेयर गर्दै उनले लेखेका छन्, मनोरञ्जक ‘उत्तरी अमेरिकामा शतप्रतिशत मनोरञ्जन ल्याउन तयार छन्, आफ्नो सिट बेल्ट बाँध्नुहोस्, हामी मार्चमा आउँदैछौं।’

भिडियो हेरेपछि मानिसहरुले अक्षयलाई सामाजिक सञ्जालमार्फत ट्रोल गरिरहेका छन् । जहाँ एक प्रयोगकर्ताले लेखेका छन्, ‘क्यानेडियन अभिनेता भारतीय नक्सामा हिड्दै छन् । यो भारतीयहरुको अपमान हो । यो लाजमर्दो कार्यको लागि तपाईंले १५० करोड भारतीय जनतासँग माफी माग्नुपर्छ। त्यही क्रममा अर्का प्रयोगकर्ताले लेखे, ‘दाइ, हाम्रो भारतलाई थोरै त सम्मान गर्नुहोस्।’

सामाजिक सञ्जालमा अक्षय कुमारलाई देशद्रोही भनिएको छ । प्रयोगकर्ताहरूले अक्षय कुमारलाई माफी माग्न भनेका छन्।

अब यि खिलाडी कुमारले यसमा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने सबैको प्रतीक्षा छ ।

प्रतिक्रिया