बिहीबार, चैत १५, २०८०

त्रिविले स्नातक तह चौथो वर्षका परीक्षा स्ववीयु निर्वाचन पछि गर्ने (परीक्षा तालिकासहित)

मेरोन्यूज २०७९ माघ २४ गते ८:२३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा चेत १२ गतेबाट हुने गरी तालिका प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले स्ववियु निर्वाचनपछि परीक्षा गर्नेगरी शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानतर्फका नियमित तथा आंशिक परीक्षाहरुको तालिका प्रकाशन गरेको हो ।

चैत ५ गते स्ववियु निर्वाचन गर्ने त्रिवि कार्यकारी परिषदले निर्णय गरिसकेको छ । त्यसको एक सातापछि परीक्षा गर्नेगरी तालिका प्रकाशन भएको हो ।

यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए । त्यसपछि पूर्वनिर्धारित मितिभन्दा मिति दुई दिन पछि सारेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको हो । संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २÷२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका भए पनि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय भएको छ ।

२०६५ चैतयता नियमित रूपमा हुन नसकेको स्ववियु निर्वाचन २०७३ चैतमा २६ क्याम्पसमा भएको थियो ।

Advertisement

प्रतिक्रिया