मंगलबार, वैशाख ११, २०८१

चार प्रदेशका उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना

मेरोन्यूज २०७९ माघ २४ गते ७:०६

काठमाडौँ । प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले मुलुकभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहेको छ।

दिउँसो देशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन्।

बुधबार प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू–भागमा बिहानीपख हुस्सुकुहिरो लाग्ने सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने महाशाखाको अनुमान छ ।

प्रतिक्रिया