शुक्रबार, वैशाख ७, २०८१

सुपर मादी हाइड्रोपावरको आइपीओ बाँडफाँड

मेरोन्यूज २०७९ माघ २३ गते ११:३९

काठमाडौं । सुपर मादी हाइड्रोपावरको आइपीओको आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज सोमबार बिहान आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार आइपीओ कुल १३ लाख ४ हजार २ सय ८ जना आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६ सय ३० कित्ताको लागि आवेदन परेको थियो। जसमध्ये ५ हजार ५ सय १५ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १२ लाख ९८ हजार ६ सय ९३ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरेको हो । यस हिसाबमा गोलाप्रथाबाट कुल १ लाख ७४ हजार ३ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदकको भने हात खाली भएको छ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि माघ १२ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो ।

आइपीओको नतिजा केहि समयपछि हेर्न सकिनेछ ।

प्रतिक्रिया