बिहीबार, वैशाख १३, २०८१

सुपरमाई हाइड्रोपावरको आइपीओ खुल्यो, कति कित्ता आवेदन दिने ?

मेरोन्यूज २०७९ माघ २३ गते ११:१६

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले आज माघ २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि भने आइपीओ विक्री गरी बाँडफाँड समेत गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरूलाई विक्री गरेको हो ।

त्यस्तै, ५ प्रतिशत दरको २५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई समेत बाँडफाँड गरिएको कम्पनीको भनाई छ । अब २ प्रतिशत अर्थात् १० हजार कित्ता कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ४ लाख १५ हजार कित्ता शेयर सार्वजनिक निष्काशन गर्न लागेको हो ।

यस आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड छ ।

प्रतिक्रिया