बिहीबार, वैशाख १३, २०८१

गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्ने कसीमा रविको जाँच गरौँ : डा. रावल

मेरोन्यूज २०७९ माघ २३ गते ११:०६

काठमाडौँ । एमाले नेता डा. भीम रावलले देश र जनताप्रति इमान्दार राजनिितकर्मीले गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा डा. रावलले राजनीतिककर्मी गालीगलौजमा नउत्रनेसमेत बताएका छन् । उनले देश र जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्ने बताएका छन् ।


‘राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश र जनता प्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिककर्मीले आरोपको तथ्यगत खण्डन गर्छ।आलोचना सुन्छ।सत्य तथ्य अ‍ौंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ,’ रावलले ट्वीटरमा लेखेका छन्, ‘गालीगलौजमा उत्रिन्न।यस कसीमा रवि लामिछानेको जाँच गरौं।’

प्रतिक्रिया