शुक्रबार, चैत १६, २०८०

२१ अर्बको ट्रेजरी बोलकबोल गर्दै राष्ट्र बैंक

मेरोन्यूज २०७९ माघ २३ गते १०:५८

काठमाडौं । नेपाल राष्ट्र बैंक आज २१ अर्ब १०० करोड रुपैयाँको ट्रेजरी बोलकबोल गर्दै छ । बैंकले २८ दिन अवधिको २ अर्ब, ९१ दिन अवधिको ७ अर्ब १० करोड रुपैयाँ, १८२ दिन अवधिको ७ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २१ अर्ब १०० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।

बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी फागुन २३ गते, ९२ दिन अवधिको ट्रेजरी २०८० बैशाख २६ गते, १८२ दिन अवधिको ट्रेजरी २०८० साउन २३ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० माघ २३ गते परिपक्व हुनेछ ।

यसअघि बैंकले ९१ दिन अवधिको ३ अर्ब ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल १० अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

प्रतिक्रिया