शनिबार, वैशाख १५, २०८१

उमेश श्रेष्ठले भने – चितवन २ मा उपनिर्वाचन गर्नुपर्दैन

मेरोन्यूज २०७९ माघ २२ गते १८:३७

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले रवि लामिछाने सांसद पद खारेज भए पनि चितवन–२ मा उपनिर्वाचन गर्न आवश्यक नभएको बताएका छन् ।

सो क्षेत्रबाट ४९ हजार २६४ मत ल्याएर निर्वाचित भएका लामिछाने पदमुक्त भएपछि दोस्रो धेरै मत ल्याउने आफूलाई निर्वाचित घोषणा गर्न उनले माग गरेका छन् ।

४ मंसिरको चुनावमा श्रेष्ठले चिवतन–२ बाट १४ हजार ९८३ मत पाएका थिए । आइतबार पत्रकार सम्मेलन गरी उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको उम्मेदवारी नै अवैध भएकाले आफू स्वतः निर्वाचित भएको उनको दावी छ । ‘कानुनको नजरमा उनी निर्वाचित सांसद होइनन्’, श्रेष्ठले भने, ‘उपनिर्वाचन हुन विधिवत निर्वाचित भएको हुनुपर्दछ ।’

प्रतिक्रिया