मंगलबार, वैशाख ११, २०८१

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

मेरोन्यूज २०७९ माघ २२ गते १२:३५

इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको ७९ वर्षको उमेरमा निधन भएको छ। मुसर्रफको आइतबार बिहान युएईको दुबईमा उपचारका क्रममा निधन भएको पाकिस्तानी टेलिभिजन जियो न्युजले जनाएको छ ।

सन् २००१ देखि २००८ सम्म पाकिस्तानका राष्ट्रपति रहेका मुसर्रफ लामो समयदेखि बिरामी थिए।

मुशर्रफले अक्टोबर १९९९ मा सैन्य विद्रोह गरेर पाकिस्तानको सत्ता हातमा लिएर २००१ को जुनमा सैन्य प्रमुख रहँदै आफूलाई राष्ट्रपति घोषणा गरेका थिए। सन् २००२ अप्रिलमा एक विवादास्पद जनमत संग्रह गराउँदै पाँच वर्षको लागि पाकिस्तानको राष्ट्रपति बने।

२००७ को अक्टोबर–नोभेम्वरमा मुशर्रफले पुनः राष्ट्रपतिको चुनाव जिते । तर उनले गराएको चुनावलाई सर्वोच्चले चुनौति दियो। यस पछि उनले देशमा संकटकाल लागु गर्दै मूख्य न्यायाधीश जस्टिस इफ्तिखार चौधरीको ठाउँमा एक नयाँ मुख्य न्यायाधीश नियुक्त गरे। जसले उनको चुनावलाई वैधानिकता दिए।

२००८ अगष्टमा मुशर्रफले राष्ट्रपति पदबाट राजीनामा दिए। राजद्रोहको मुद्दामा मृत्युदण्डको सजाय सुनाइएका मुसर्रफ पछिल्लो समय निर्वासनमा बस्दै आएका थिए।

प्रतिक्रिया