बिहीबार, वैशाख १३, २०८१

सशस्त्र प्रहरीद्वारा नक्कली नोटसहित दुई जना पक्राउ

मेरोन्यूज २०७९ माघ २२ गते ८:५६

काठमाडौँ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स व्यूरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सिरहाको लाहान नगरपालिका–८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट उनीहरूलाई शनिबार साँझ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।

नक्कली नोटसहित नियन्त्रणमा लिइएकाहरूमा सिरहको लाहान नगरपालिका–१९ का ३० वर्षीय मोहम्मद ओसिन र सोहि नगरपालिका– १० का २२ वर्षीय मोहम्मद राज शेख छन् ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनीहरूको साथबाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट, नोट बनाउन प्रयोग गरिने कागजको बण्डल, दुई थान मोबाइल सेट, ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको थापाले जानकारी दिए ।

उनीहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया