शुक्रबार, वैशाख ७, २०८१

स्वास्थ्य पत्रकार मञ्चमा नयाँ नेतृत्व, सरोज ढुंगेल अध्यक्षमा निर्वाचित

मेरोन्यूज २०७९ माघ २१ गते १८:५३

काठमाडौं । स्वास्थ्य पत्रकारहरुको साझा संगठन स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ नेतृत्व चयन भएको छ । मञ्चको अध्यक्षमा सरोज ढुंगेल सर्वसम्मत चयन भएका छन् । ढुंगेल गोरखापत्र दैनिकमा कार्यरत छन् ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जन अधिकारी र महेश तिमिल्सिना भएका छन् । भने महासचिवमा सञ्जिता खनाल चयन भएकी छन् । महासचिव खनाल मेरोन्यूज डटकममा कार्यरत छिन् ।

त्यस्तै मञ्चको सचिवमा कमला गुरुङ, कोषाध्यक्षमा तुलसा घिमिरे चयन भएकी छिन् । मञ्चले १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

प्रतिक्रिया