बिहीबार, वैशाख १३, २०८१

इथोपियाका प्रधानमन्त्री र विद्रोही नेता बीच भेटघाट

मेरोन्यूज २०७९ माघ २१ गते १५:४०

अदिस अबाबा । इथोपियाका प्रधानमन्त्री अबिय अहमदले शुक्रबार विद्रोही टिग्रे पिपल्स लिबेरेसन फ्रन्टका नेताहरूसँग भेटघाट गरेका छन् । सरकार र विद्रोही समूह बीच भएको युद्धविरामको तीन महिनापछि पहिलोपटक शुक्रबार भेटवार्ता भएको हो । दुई वर्ष लामो युद्ध विरामको अन्त्य भएको तीन महनापछि भएको वार्तालाई विशेष चासोपूर्वक हेरिएको छ ।

गत नोभेम्बरमा युद्धविराममा शान्ति पुनः स्थापना, सेवा क्षेत्रको सहज प्रवाह र मानवीय सहायतालाई सहज बनाउँने लगायतका विषय शान्ति सम्झौतामा उल्लेख गरिएका छन् ।

इथोपियन समाचार एजेन्सीका अनुसार प्रधानमन्त्रीले देशको दक्षिण(पश्चिम दउरो क्षेत्रमा विद्रोही समूहका प्रमुख नेताहरूसँग भेटवार्ता गरेका हुन् । सो अवसरमा दुवै पक्षले शान्ति सम्झौताका विभिन्न पाटो र यसको कार्यान्वयनका विषयमा छलफल गरेको बताइएको छ ।
विगत दुई वर्षदेखि जारी विद्रोहमा हजारौंले ज्यान गुमाएका थिए भने अत्यावश्यक मानवीय सहायता प्रवाह अवरुद्ध भएको थियो ।

प्रतिक्रिया