बुधबार, वैशाख १२, २०८१

सन्दीप लामिछानेको मुद्दाका प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

मेरोन्यूज २०७९ माघ २० गते १२:४३

काठमाडौं । सर्वाेच्च अदालतले नाबालिका बलत्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिक्रेट टोलीका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाका कागजात झिकाउन आदेश दिएको छ ।

न्यायाधीश हरि फुयाँलको इजालसले शुक्रबार त्यस्तो आदेश दिएको हो । सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउन सर्वाेच्चले आदेश दिएको हो ।

जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो । उक्त आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएका थिए । लामिछानेको मुद्दालाई सर्वाेच्चले फाष्टट्याकबाट आज सुनवाई राखेको थियो ।

धरौटीमा रिहा भएका लामिछानेलाई क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।

प्रतिक्रिया