शुक्रबार, चैत १६, २०८०

मुकेश अम्बानीका छोरा अनन्तले यसरी घटाए १०८ केजि तौल

मेरोन्यूज २०७९ माघ २० गते १२:१९

भारतका धनाड्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीले सन् २०१६ मा १८ महिना लगाएर १०८ केजि तौल घटाएका थिए । २०१६ पछि तौल घटाएर जब उनले फोटो सार्वजनिक गरे तब उनको त्यो परिवर्तन देखेर सबै छक्क परेका थिए । हालै उनको र राधिकाको इन्गेजमैनटको तस्बिर हेर्दा उनले फेरि तौल बढाएको देखिन्छ ।

वास्तबमा अनन्तले नियमित कसरत र आफ्नो कडा आहारले तौल घटाएका थिए । मिडिया रिर्पोटका अनुसार उनलाई दिर्घकालिन दमको कारण औषधि सेवन गर्नुपरेको थियो । अनन्तको तौल बढ्नुको कारण नै अन्याधिक औषधि सेवन गर्नु थियो ।

उनी तौल घटाउन दैनिक ५-६ घण्टा शारिरिक व्याम गर्थे । शारिरिक व्याममै उनको दैनिक २१ कि.मि पैदल यात्रा पनि समावेश थियो । उनी योग पनि गर्थे ।

अनन्तलाइ एक प्रशिक्षणको सल्लाह दिइयो । उनले एक प्रशिक्षकको निर्देशनमा शरिरका विभिन्न अंगको तालिम लिएका थिए ।

उनी शून्य चिनि, कम हाइड्रेट, र मिडियम फ्याट प्रोटिन युक्त आहारलाइ पन्छ्याए । तौल घटेपछि शारिरिक क्रियाकलाप र स्वास्थ्य खानपानलाई त्याग्नु हुन्न भनि विज्ञान र फिटनेस विज्ञहरु बताउँछन् ।

Advertisement

प्रतिक्रिया