शुक्रबार, वैशाख १४, २०८१

सन्दीपविरुद्धको निवेदन हरि फुयालको इजलासमा

मेरोन्यूज २०७९ माघ २० गते ११:२४

काठमाडौँ । सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदन न्यायाधीश हरि फुयालको इजलासमा परेको छ । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदन सर्वोच्च प्रशासनले बिहीबार दर्ता गरेको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते नाबालिग बलात्कारको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा थुनामा पठाएको लामिछानेलाई पाटन उच्च अदालतले गत पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

उच्चले धरौटीमा छाडेलगत्तै लामिछानेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय क्रिकेट संघ (क्यान)ले लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।

प्रतिक्रिया