शुक्रबार, चैत १६, २०८०

राष्ट्रिय फुटबल टिमका सदस्य विशाल राई पनि अष्ट्रेलियातिर

मेरोन्यूज २०७९ माघ २० गते १०:४०
तस्बिर अनिल श्रेष्ठको फेसबुक

काठमाडौं । राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई अष्ट्रेलिया प्रस्थान गरेका छन् । नेपाली फुटबल खेलाडी विदेश पलायन हुने शृंखला जारी रहँदा राई पनि अस्ट्रेलियातर्फ लागेका हुन् ।

मच्छिन्द्र फुटबल क्लबबाट ए डिभिजन लिग खेल्दै आएका विशाललाई शुक्रबार मछिन्द्र क्लबका म्यानेजर अनिल श्रेष्ठ लगायत खेलाडीहरुले उज्ज्वल भविष्यको शुभकामनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाई गरे । म्यानेजर श्रेष्ठले विदाईको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

पछिल्लो समय नेपाली राष्ट्रिय टिममा खेलिसकेका र खेलिरहेकादेखि भविष्यमा खेल्न सक्ने युवा खेलाडीहरु पनि अष्ट्रेलिया गइरहेका छन् ।

नेपालमा नियमित खेल नहुने र भविष्य पनि अन्यौल हुने भन्दै खेलाडीहरु धमाधम विदेश पलायन भइरहेका छन् । फागुन १९ गतेदेखि ए डिभिजन लिग गर्ने भनेर सार्वजनिक गरिसके पनि खेलाडीहरु विदेश गइरहेका छन् ।

केही समयअघि मात्रै चर्च ब्वाइजमा अनुबन्ध भएका तेज तामाङ र दिनेश राजवंशी, संकटामा अनुबन्ध भएका गौतम श्रेष्ठ, खुमलटारमा अनुबन्ध भएका नितिन थापा मगर अष्ट्रेलिया गएका थिए ।

Advertisement

प्रतिक्रिया