मंगलबार, वैशाख ११, २०८१

जगदम्बा स्टील्सको सुपर शाइन र ग्याल्भा प्लसका जस्तापाताको अन्तर्राष्ट्रिय बजारमा माग बढ्यो

मेरोन्यूज २०७९ माघ १७ गते १६:४८

काठमाडौं । नेपालको पहिलो स्वचालित स्टील उत्पादन कम्पनी जगदम्बा स्टील्सको उत्पादन जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लसका जस्तापाताको अन्तराष्ट्रिय बजारमा माग बढेको छ ।


जगदम्बा स्टील्स जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस (प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्) को निरन्तर अन्तर्राष्ट्रिय निर्यातको घोषणा कम्पनीले गरेको छ ।

यस अवसरमा उक्त कम्पनीले आफ्ना उत्पादनको उत्कृष्ट गुणस्तर मार्फत उपभोक्ताहरुलाई सन्तुष्टि प्रदान गर्नु प्रमुख प्रतिबद्धता र प्राथमिकता रहेको जनाएको छ ।


‘हाम्रा प्रत्येक उत्पादनको गुणस्तर सुनिश्चित गर्न उच्च प्रविधि, उत्कृष्ट इन–क्लास निर्माण प्लान्टहरूमा निर्मित हुन्छन्। यस शुभ अवसरमा, हामी हाम्रा उत्पादनहरू र ब्रान्डहरूप्रति ग्राहकवर्गले दिएको अटुट माया र समर्थन प्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौं,’ ग्राहकप्रति कृतज्ञता व्यक्त गर्दै कम्पनीले भनेको छ ।


‘ग्राहकहरूको माया र समर्थनले हामीलाई तेस्रो देशमा निर्यात सुरु गर्ने नेपालको पहिलो कम्पनीको रूपमा स्थापित गरेको छ र हामी त्यसलाई निरन्तरता दिनेछौं,’ जगदम्बा स्टील्सका प्रवक्ताले भने, ‘हाम्रो कम्पनी उत्पादनहरुको उत्कृष्ट गुणस्तरमा प्रतिबद्ध छ र यो बेन्चमार्कले हामीलाई भविष्यमा पनि हाम्रा उपभोक्ताहरूलाई उत्कृष्ट उत्पादनहरू प्रदान गर्न प्रोत्साहन गरेको छ । ’

जगदम्बा सुपर शाइन र जगदम्बा ग्याल्भा प्लस, प्रिमियम एलुमिनियम –जिंक कलर कोटेड र प्लेन सिट तथा कोइल्स्हरू जसलाई ग्याल्भाल्युम पनि भनिन्छ, यो ५५ प्रतिशत एलुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित कोटिंग समावेश भएको जस्तापाता हो । यी तत्वले जस्तापाताको सुरक्षासँगै उत्पादनको आयु र स्थायित्व बढाउँछ ।


रिईन्फोर्समेन्ट टीएमटी रिबारदेखि स्ट्रक्चरल र तार उत्पादनसम्मका स्टील उत्पादनमा दुई दशकभन्दा बढी उपलब्धिहरूसहित जगदम्बा स्टील्सले नेपालको विकासको एक हिस्सा बन्ने र नेपालको स्टीललाई विश्वव्यापी मञ्चमा प्रस्तुत गर्ने परिकल्पना जारी राखेको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागबाट एनएसः १९१ ले हाम्रो उत्पादन ISO ९००१ः२०१५ (गुणस्तर व्यवस्थापन प्रणाली) र ISO १४००१ः२०१५ (वातावरण व्यवस्थापन प्रणाली) लाई मान्यता दिँदै जगदम्बा स्टील्सले स्टील उत्पादनहरूका लागि सधैं गुणस्तरीय मापदण्ड सेट गर्छ। जगदम्बा स्टील्सले कर्मचारी, समुदाय र उत्पादनको सुरक्षामा सुधार गर्ने दिगो उत्पादनलाई ध्यानमा राख्दै सधैं स्टील उत्पादनका लागि गुणस्तरीय बेन्चमार्क मानक सेट गर्ने गरेको कम्पनीले विज्ञेप्तीमार्फत भनेको छ ।

प्रतिक्रिया