बिहीबार, वैशाख १३, २०८१

आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्ने पूर्वराष्ट्रपतिको घोषणा

मेरोन्यूज २०७९ माघ १७ गते १६:२२

श्रीलङ्काका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले आगामी राष्ट्रपतीय निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। श्रीलङ्का फ्रिडम पार्टी (एसएलएफपी) को समर्थनमा चुनाव लड्ने घोषणा गरेको डेली मिररले जनाएको छ ।

पूर्वराष्ट्रपति सिरिसेनाले एसएलएफपीको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा चुनाव लड्ने घोषणा गर्दै आफूविरुद्ध हुने कुनै पनि षडयन्त्रबाट आफू नडराउने बताए। “कुनै पनि षडयन्त्रसँग डराउँदिनँ । म कानुन र अदालतको सम्मान गर्छु । जस्तोसुकै समस्या आए पनि म एसएलएफपीको समर्थनमा अर्को राष्ट्रपतीय चुनावमा भाग लिनेछु,” डेली मिररले मैत्रीपालालाई उद्धृत गर्दै समाचार छापेको छ ।

डेली मिररका अनुासर गत पुस २८ गते देशको सर्वोच्च अदालतले सिरिसेनालाई सन् २०१९ मा भएको ‘इस्टर सन्डे’ हमलाका पीडितलाई क्षतिपूर्तिस्वरुप रु १० करोड क्षतिपूर्ति दिन आदेश दिएको थियो । सिरिसेना सन् २०१५ देखि २०१९ सम्म श्रीलङ्काका राष्ट्रपति थिए । श्रीलङ्काकामा सन् २०२४ को सेप्टेम्बरमा राष्ट्रपतिको निर्वाचन हुनेछ ।

प्रतिक्रिया