शुक्रबार, वैशाख ७, २०८१

सोल्टी होटलको नगद लाभांश सेयरधनीको खातामा

मेरोन्यूज २०७९ माघ १७ गते १४:४७

काठमाडौं । सोल्टी होटल लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीले एक सूचना जारी गरी गर्दै गत पुस २८ गते सम्पन्न ४८ औं बार्षिक साधारण सभाबाट पारित भएको कर समेत २१ दशमलव ३१५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

पुस ६ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै नगद लाभांश जम्मा गरेको जनाएको छ । यसर्थ हालसम्म पनि हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूको हकमा भने बैक खाता अद्यावधिक पछि मात्र जम्मा गरिने कम्पनीले जनाएको छ ।

पुस ६ गतेसम्म शेयर धितो राखेर कर्जा लिएका सदस्यहरूको हकमा भने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र उपलब्ध गराएपछि मात्र जम्मा गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया