शुक्रबार, वैशाख १४, २०८१

क्यानका ७ जना केन्द्रीय सदस्यले मागे अध्यक्षको राजीनामा

मेरोन्यूज २०७९ माघ १७ गते १४:३३

पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का ७ जना केन्द्रीय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । उनीहरुले लिखित रुपमा नै पत्र बुझाउँदैं अध्यक्ष चन्दको राजीनामा माग गरेका हुन् ।

यसरी राजीनामा माग गर्नेमा केन्द्रीय सदस्य ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी छन् ।

मंगलबारबाट पोखरामा क्यानको कार्यसमितिको बैठक सुरु भएको छ । बैठकको सुरुमै उनीहरुले अध्यक्ष चन्दको लिखितरुपमा नै पत्र बुझाउँदै राजीनामा माग गरेका हुन् ।

राजीनामा माग गर्नेहरुमध्ये ६ जना अहिलेपनि क्यानको कार्यसमितिको बैठकमा उपस्थित छन् भने एक जना अनुपस्थित छन् । अमितवीर पाण्डे भने अस्वस्थताका कारण बैठकमा उपस्थित हुन नसकेका हुन् । तर उनले अध्यक्ष चन्दको राजीनामा माग गरिएको सामुहिक लिखित पत्रमा भने हस्ताक्षर गरेका छन् ।

नेपाल टी-२० लिग स्पट फिक्सिङमा मुछिएपछि त्यसले क्यानको प्रतिष्ठामै आँच आएको भन्दै उनीहरुले अध्यक्षको राजीानामा माग गरेका थिए ।

प्रतिक्रिया