शुक्रबार, चैत १६, २०८०

माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा जारी

मेरोन्यूज २०७९ माघ १७ गते १३:१२

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा सुरु भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुषपकमल दाहालको अध्यक्षतामा जारी बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृह मन्त्रालय र राष्ट्रपति निर्वाचन र उम्मेदवारबारे पनि छलफल भइरहेको छ।

सोमबारबाट शुरू भएको पदाधिकारी बैठक आज पनि बसेको हो । माओवादी स्थायी समिति बैठकमा नेताहरुको कार्य विभाजनसम्बन्धि प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वमा बनाइएको कार्यदलमा सहमति जुटाउन पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

सोमबारको पदाधिकारी बैठकमा सहमति नजुटेकाले आज पनि त्यही विषयमा छलफल भइरहेको हो । माओवादीले गत भदौँमा पदाधिकारी चयन गरे पनि पदाधिकारीको कार्य विभाजन गरेको छैन । त्यही कार्य विभाजन टुंग्याएर बस्ने भनेर आजका लागि बोलाइएको स्थायी समिति बैठक पर्सिसम्म सारिएको नेताहरूले बताएका छन् ।

पार्टीको संगठनसम्बन्धि होमवर्क नसकिएकाले आज पनि पदाधिकारी बैठकमा आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सीका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले बताएका छन् ।

Advertisement

प्रतिक्रिया