बिहीबार, वैशाख १३, २०८१

बागमती प्रदेशमा मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा ढकाल नियुक्त

मेरोन्यूज २०७९ माघ १७ गते ११:५३

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख राजनीतिक सल्लाहकारमा देवीप्रसाद (डीपी) ढकाल नियुक्त भएका छन् । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भक्तपुरका ढकाललाई मुख्यमन्त्रीको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रीय सदस्य तथा पार्टीको अर्थ तथा योजना विभाग सदस्य ढकालले माओवादीको केन्द्रीय घोषणा पत्र लेखन समितिका सदस्य भएर काम गरेका थिए । अर्थ तथा राजनीतिमा दख्खल राख्ने ढकाल वर्षमान पुन अर्थमन्त्री भएका बेला प्रमुख स्वकीय सचिव भएर काम गरेका थिए ।

प्रतिक्रिया