बुधबार, वैशाख १२, २०८१

रविले भेटे प्रधानमन्त्री प्रचण्डलाई

मेरोन्यूज २०७९ माघ १७ गते १०:२७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमद दाहाल ‘प्रचण्ड’सँग भेटघाट गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटवार्तामा सत्ता गठबन्धन निर्माण गर्दा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीका भागमा परेकाले पुनः पाउनु पर्ने माग लामिछानेले राखेको स्रोतले बतायो ।

तर, प्रधानमन्त्री प्रचण्डले भने गृह मन्त्रालय होइन अन्य कुनै मन्त्रालय दिन सकिने बताएको पनि स्रोतले बतायो ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता बदर हुने फैसला सुनाएपछि उनी शुक्रबार सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री र पार्टी अध्यक्षबाट पदमुक्त भएका थिए । त्यसपछि रविले आइतबार पुनः जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नयाँ नागरिकता लिएका छन् । न

याँ नागरिकता लिएपछि गैरसांसदलाई ६ महिना मन्त्री बनाउन सकिने संवैधानिक प्रवधानका आधारमा गृहमन्त्री बनाउन प्रधानमन्त्री प्रचण्डलाई रविले दबाब दिँदै आएका छन् । तर प्रचण्ड भने नदिने पक्षमा छन् । उनलाई पार्टीबाट पनि गृह मन्त्रालय नदिन सुझाव आएको छ ।

भेटमा राष्ट्रपति निर्वाचन र सत्ता गठबन्धनबारे पनि कुराकानी भएको स्रोतले बतायो ।

प्रतिक्रिया