शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्रीलाई आर्थिक संकट समाधान गर्न एकीकृत समाजवादीको आग्रह (ज्ञापन पत्रसहित)

मेरोन्यूज २०७९ माघ १७ गते ९:३८

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आर्थिक संकट समाधान गर्न लिखित आग्रह गरेको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ज्ञापनपत्र बुझउँदै एकीकृत समाजवादीले आर्थिक संकट समाधानका लागि आग्रह गरेको हो ।

प्रर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष माधवकुमार नेपाल नेतृत्वमा गएको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा आर्थिक संकटका कारण मजदुर किसान, साना तथा मध्यम व्यवसायीलगायत आम सर्वसाधारण मानिसलाई बाँच्न पनि धौधौ भएको उल्लेख छ । दैनिकजसो आत्महत्याको घटना हुनुको कारक पनि आर्थिक संकट रहेको एकीकृत समाजवादी पार्टीले ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

अध्यक्ष नेपालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा देशको आर्थिक संकट समाधानका लागि आवश्यक व्यवस्था गर्न सुझाइएको छ । पार्टीले देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि तत्काल अल्पकालीन र दीर्घकालीन उपाय अपनाउन पनि आग्रह गरेको छ ।

संविधानमा उल्लेख आर्थिक नीति कडाइका साथ लागू गर्न, युवा विद्यार्थी, बौद्धिक जनशक्ति पलायन रोक्नका लागि प्रभावकारी कदम चाल्न, कक्षा ८ देखि १२ सम्मको पाठ्यक्रममा अनिवार्य सीपमुलक तालिम र देशभक्तिपूर्ण पाठ राख्न ज्ञापनपत्रमा माग गरिएको छ ।

प्रतिक्रिया