बिहीबार, वैशाख ६, २०८१

खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नुपर्छ: मन्त्री गिरी

मेरोन्यूज २०७९ माघ १६ गते १९:०२

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले खोप अभियानमा शत्प्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको कोभिड–१९ खोप, नियमित खोप तथा दादुरा–रुबेला प्रकोपको तयारी र प्रतिकार्यसम्बन्धी राष्ट्रिय समीक्षा गोष्ठीमा उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा सङ्घसंस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सबै मिलेर खोप अभियानलाई शत्प्रतिशतमा पुर्याउनुपर्ने बताए ।

अहिले कोरोना विरुद्धको खोप लक्षित जनसङ्ख्याको ९९.५ प्रतिशतले पहिलो मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको छ । यस्तै कूल जनसङ्ख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

मन्त्री गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउन प्रयासमा सरकार लागिरहेको भन्दै सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताएका छन ।

“स्वास्थ्य क्षेत्रभित्र धेरै समस्या छन् । गरिब विपन्न जनताले अझै पनि गुणस्तरीय सेवा पाइसकेका छैनन् । एउटा मानिस बिरामी हुँदा महँगो शुल्क तिरेर उपचार गर्नुपरेको छ” । मन्त्री गिरीले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए ।

“खोपका सन्दर्भमा आमजनता र समुदायको धारणा के छ भन्ने विषयमा राम्रोसँग अध्ययन गर्नुप¥यो । ती समुदायमा हाम्रो स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई ठूलो रुपमा परिचालन गर्ने ठोस योजना बनाउनुपर्छ”, उनले भन्ने , “प्रत्येक घर र व्यक्तिसम्म यो अभियानलाई लैजान हामी चुक्न हुँदैन ।”

मन्त्री गिरीले सबै बालबालिकाको अभिलेख डिजिटल प्रणालीभित्र राख्नुपर्ने भनाइ राखेका छन । “जन्मेको बच्चाको अभिलेख अस्पतालमा हुने भइहाल्यो । तर अझै पनि गाउँघरमै सुत्केरी गराउने चलन पनि छ । जसकारण बच्चाहरु खोप लगाउन छुटेको अवस्था छ । नेपालमा हरेक बच्चा जन्मेको सूचना स्वास्थ्य प्रणालीमा हुनुपर्यो”, उनले भन्ने, “पहिलो खोप लगाएको एउटा बच्चाले दोस्रो खोप लगाएन भने तपाइँको बच्चा किन आएन भनेर अभिभावकलाई फोन गर्न के गाह्रो छ ” परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले लक्षित समूहलाई बुस्टर डोज लगाउने भइरहेको जानकारी दिएका छन ।



प्रतिक्रिया