शनिबार, वैशाख ८, २०८१

नेपाली वेब सिरिज जुनेलीको प्रिमियर

मेरोन्यूज २०७९ माघ १६ गते १५:१९

काठमाडाैं । नेपाली वेब सिरिज जुनेलीको प्रिमियर शो भएको छ । आईतबार काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो ।

प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकार सुलेमान शंकर (इकु) ले सिरिज एकदमै राम्रो र चेतनामुलक रहेको बताएका छन् । उनले सिरिजमा छाउपडीको विषयलाई उठाइएको बताए । त्यस्तै अर्का कलाकार कैलाश कार्कीले सिरिज अत्यन्तै राम्रो रहेको बताएका छन् । उनले आवाजमा केही समस्या रहेको तर आगामी दिनमा त्यसलाई समाधान गरेर अघि बढे सिरिज राम्रो हुने बताए ।

कलाकार सुन्दर खनालले सिरिजमा सामाजिक विषयवस्तुहरुलाई उठान गरिएकाे भएकाले राम्रो रहेको बताए । त्यस्तै कलाकार पवन भट्टराईले सिरिज एकदमै राम्रो रहेको र यो पहिलो एपिसोड भएकाले आगामि एपिसोडमा कमजोरी सुध्रिँदै जाने बताए ।

कलाकार रवि गिरीले सामाजिक विषयवस्तु उठाइएकाले सिरिज राम्रो बनेको बताएका छन् । उनले जुनेली कथाको शुरुवात भएको र वास्तविक कथा शुरु हुन थालेको बताए । त्यस्तै कलाकार पवित्रा साँकीले क्यामेरा अघि कुनै सिरिज वा अभिनय नगरेकाले केही गल्ती भएको हुनसक्ने बतायन् । उनले आफूले टिकटक र सिरिजको अभिनयमा धेरै फरक पाएको बताइन् । उनले अत्ति भो र मेरीबास्सैबाट अभिनयको लागि अफर आएको र मेरी बास्सैको एपिसोडमा भने अभिनय गरेको बताइन् ।

सुलेमान शंकर (इकु), कलाकार
कैलाश कार्की, कलाकार
सुन्दर खनाल, कलाकार
पवन भट्टराई,, कलाकार
रवि गिरी, कलाकार
पवित्रा साँकी, कलाकार

प्रदर्शनमा आएको यो सिरिजको पहिलो भाग मात्रै रहेकाे र यसपछि अन्य दोस्रो, तेस्रो भागहरु आउने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया