बिहीबार, वैशाख १३, २०८१

ललितपुरमा ट्याक्सी र कार ठोक्किदा २ जनाको मृत्यु

मेरोन्यूज २०७९ माघ १६ गते १२:१४

ललितपुर । ललितपुरको ग्वार्कोमा ट्याक्सी र कार ठोक्किदा गयराति दुई जनाको मृत्यु भएको छ । ललितपुर प्रहरीका अनुसार बा.२ ज ३४२० नम्बरको ट्याक्सी र बा.४ च १ नम्बरको कार एक–आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।

ट्याक्सीमा सवार सुनसरी घर भई हाल ललितपुर ताल्चीखेल बस्ने ४७ वर्षीय सरोज कुमार विक र कारमा सवार चितवन घर भई हाल काठमाडौं ग्रिनल्याण्ड बस्ने ३२ वर्षीय प्रकाश आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्सीमा सवार ५ जना र कारमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया