प्रधानमन्त्री र रास्वपका सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । नागरिकता बिबादमा परेर सासद देखि उपप्रधान तथा गृहमन्त्री समेत गुमाएका र नागरिकता पुनःप्रप्ती गरेर फेरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बनेका रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री भेट् गरेका हुन् । रबिको पद गुमे पछि प्रधानमन्त्रीले गृहमन्त्री अब आफनै दलले राख्न चाहिरहेको बेला लामिछाने भने गृहमन्त्री रास्वपले नै पाउनु पर्ने मागसहित प्रधानमन्त्रीलाई भेट्न् पुगेका हुन ।
आजै फेरी पार्टी सभापति भएपछि प्रधानमन्त्री सग गृहमन्त्रीका बारेमा लामिछानेले नै कुरा गर्ने निर्णय भएको थियो ।
त्यहि निर्णय पछि लामिछाने प्रधानमन्त्री भेट्न् बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री अब गृहमन्त्री रबिको पार्टीलाई दिन तयार देखिन्न्नन । रबिको लागि उक्त पद दिएपनि अरुका लागि दिन नसकिने र त्यसरी नदिन प्रधानमन्त्रीलाई माओवादी केन्द्रका नेताहरूको पनि दबाब छ ।
प्रधानमन्त्री रहेको पार्टीसग अर्थ, गृह, परराष्ट्र, रक्षा जस्ता कुनै पनि मन्त्रालय नभएकोमा माओवादी केन्द्रका नेताहरुले अब गृह मन्त्रालय नछाड्न प्रधानमन्त्रीमाथी दबाब छ ।
रास्वपले भने गृह मन्त्रालय ब्यक्तीलाई दिएको नभई सत्ता गठबन्धनमा भागबन्डा लगाउदा आफ्नो पार्टीले पाएकोले छोडन नसक्ने जिकिर गरिरहेको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
सिड्नीमा गोली चल्याे, कम्तीमा १० जनाको मृत्यु
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
प्रतिक्रिया