बिहीबार, वैशाख १३, २०८१

डिसहोमको अध्यक्षमा सांसद देवी भट्टचन चयन

मेरोन्यूज २०७९ माघ १५ गते २०:५३

काठमाडौं । डिस मिडिया प्रालि (डिसहोम)को अध्यक्षमा देवीप्रसाद भट्टचन चयन भएका छन् ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रभु ग्रुपका प्रमुख भट्टचनलाई डिसहोम सञ्चालक समितिले अध्यक्षमा चयन गरेको हो ।

यसअघि डिसहोमको अध्यक्ष हेमराज ढकाल थिए । व्यवसायी भट्टचन हालै सम्पन्न निर्वाचनमा नेकपा एमालेबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया