शनिबार, वैशाख ८, २०८१

प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेण्डरको खोजी

मेरोन्यूज २०७९ माघ १५ गते २०:१५

काठमाडौं । सांसदहरुले प्रतिनिधिसभा नियमावलीमा संसदीय क्यालेण्डरको खोजी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा पटक–पटक उठेको यो विषयले प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको बैठकमा पनि प्रवेश पाएको छ ।

गत माघ १० गते गठित २१ सदस्यीय नियमावली मस्यौदा समितिको दोस्रो बैठक आइतबार सिंहदरवारमा बसेको थियो । माघ १३ गते बसेको पहिलो बैठकमा समितिको आन्तरिक कार्यविधिका विषयमा छलफल चलेको थियो । दोस्रो बैठकमा भने संसदीय क्यालेण्डरका विषयमा पनि छलफल चलेको हो ।

प्रतिक्रिया