शुक्रबार, वैशाख १४, २०८१

नेपालगञ्जमा ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु

मेरोन्यूज २०७९ माघ १५ गते १८:४०


नेपालगञ्ज । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगञ्जमा आजदेखि ‘वेस्टर्न ट्राभल मार्ट’ सुरु भएको छ । पर्यटकीय गन्तव्यहरूको प्रवद्र्धन गर्दै आर्थिक विकास गर्ने उद्देश्यसहित वेस्टर्न ट्राभल मार्ट आयोजना गरिएको नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना भएको मार्टमा भारतको ट्राभल एजेन्ट्स एशोसिएशन अफ इन्डियाका पदाधिकारी र सदस्य, भारतीय सीमावर्ती सहरका टूर अपरेटर, आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता रहेको छ । भारतीय पाहुनालाई पर्यटकीय र धार्मिक गन्तव्य चिनाउनका लागि नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नाट्टा बाँकेले गत वर्षदेखि वेष्टर्न ट्राभल मार्टको सञ्चालन गर्दै आइरहेको छ ।

पश्चिम नेपालको पर्यटन प्रवद्र्धन गरी भारतीय बजारमा बजारीकरण गर्ने यो कार्यक्रमको मुख्य उद्देश्य छ । मार्टलाई विशेष बनाउने गरी कर्णाली, लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्य, कला संस्कृतिलाई प्राथमिकतामा राखिएको छ ।

मार्टमा आउने पाहुनालाई पर्यटनसम्बन्धी स्टलदेखि लिएर यस क्षेत्रका धार्मिक एवं पर्यटकीय गन्त्वयको भ्रमण गराउने, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण, कर्णाली नदीमा ¥याफ्टिङ, रारा यात्रा, माउण्टेन फ्लाइट गराइने नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले बताए ।

उनले पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्ने भएकाले पश्चिम नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरि चिनाउने लक्ष्य रहेको पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत कैलाश मानसरोवरको दूरदर्शन, बागेश्वरी मन्दिरमा आरती पनि शुभारम्भ गरिने भएको छ ।
–––

प्रतिक्रिया