शनिबार, वैशाख ८, २०८१

उत्तरपश्चिम पाकिस्तानमा डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु

मेरोन्यूज २०७९ माघ १५ गते १७:३४

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कोहाट जिल्लास्थित बाँधमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको टाँडा बाँधमा २५ जना बालबालिकासहितको डुङ्गा बिहानै पल्टिँदा सो दुर्घटना भएको हो । गोताखोरद्वारा १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन् ।

बाँधबाट अरु नौ जनाको शव फेला परेको अशरफले बताए भने एक बालकले अस्पताल उपचारकाक्रममा निधन भएको थियो ।
सिन्ह्वासँग कुरा गर्दै उद्धार संस्था ईधी फाउन्डेसनले बताएअनुसार ती बच्चाहरू गोष्ठीमा आमन्त्रित विद्यार्थीहरू रहेको र घुमफिरका क्रममा बाँधमा गएका थिए ।

प्रतिक्रिया