शनिबार, वैशाख ८, २०८१

प्रधानमन्त्री र ओलीबीच बालुवाटारमा भेटवार्ता

गृह मन्त्रालय रास्वपलाई नै दिन एमालेको दवाव, प्रधानमन्त्री अनिच्छुक

मेरोन्यूज २०७९ माघ १५ गते १६:३९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी ओलीका बीचमा भेटवार्ता शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच केही समय अगाडीबाट मात्रै भेटवार्ता शुरु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामछिाने गत शुक्रवार नागकिरता विवादमा परेपछि र उनको पद सर्वाेच्च् अदालतले अवैध ठहर गरिदिएपछि सरकारको उपप्रधान तथा गृहमन्त्रालय सम्हालेका लामिछानेले प्रधानमन्त्रीसमक्ष पुगेर राजीनामा दिएका थिए । उनले राजीनामा दिएपनि उनको पद सर्वाेच्चको फैसलाले नै मुक्त गरेको थियो । त्यसपछि गृहमनत्रालय कसले लिने भन्नेमा छलफल जारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह आफनो पार्टीको भागमा परेकोले आफैले पाउनुपर्ने बताईरहेको छ । एमाले अध्यक्ष ओलीको दवावमा प्रधानमन्त्रीले सरकार निर्माणकै बेला लामिछानेलाई गृह मन्त्रालय दिएका थिए । सामान्यतया सरकारको नेतृत्व गरेको दलबाटै गृहमन्त्रालय लिने परम्परा रहेपनि लामिछानेले गृह पाएका थिए ।

अहिले रास्वपले फेरि गृह आफुले पाउनुपर्ने बताएपनि माओवादी भने गृह आफैसाग राख्न चाहिरहेको छ । एमाले अध्यक्ष ओलीले भने प्रचण्डमाथी दवाव वढाउन पनि गृह रास्वपलाई नै दिन आग्रह गरेका छन् । रवि प्रति एमाले उदार र लचक देखिएको छ । गृह रवि ब्यीक्तलाई दिएपनि उसको पार्टीका अन्य नेतालाई दिन नसकिने अडानमा माओवादी छ ।

यस्तो बेला ओली र प्रधानमन्त्रीका बीचमा भेटवार्ता भएको हो । आजको भेटमा गृह र प्रधानमन्त्रीसँग रहेका अन्य थप दुई मन्त्रालय, राष्टपति चुनाव लगायतका विषयमा पनि कुराकानी हुने बताइएको छ ।

प्रतिक्रिया