शुक्रबार, चैत १६, २०८०

श्रीलङ्काको अर्थतन्त्र सन् २०२४ मा सुधार हुन्छः राष्ट्रपति

मेरोन्यूज २०७९ माघ १५ गते १६:०९

श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले मुलुकको अर्थतन्त्रमा सन् २०२४ देखि वृद्धि हुने बताएका छन् ।

श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशतले ऋणात्मक भएको थियो भने यस वर्ष २०२२ मा अर्थतन्त्रमा सामान्य सुधार आई ३.५ देखि ४ प्रतिशतको हाराहारीमा ऋणात्मक हुने अनुमान छ ।

राष्ट्रपति विक्रमासिङ्घेले सरकारद्वारा सञ्चालित आर्थिक सुधारका परियोजनाहरु तथा ऋण पुनर्संरचना कार्यक्रममा अबरोध आए आर्थिक सङ्कटमा मुलुक फस्दै जाने जोखिम अझै रहेको पनि बताए ।

श्रीलङ्काको अनुराधापुरामा आयोजित एक धार्मिक सभामा सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले देशको आर्थिक सुधारमा सहयोग गर्न सबैसँग आग्रह गरे ।

Advertisement

प्रतिक्रिया