शुक्रबार, वैशाख ७, २०८१

कुमारी बैंकको संस्थापक शेयर लिलामीमा

मेरोन्यूज २०७९ माघ १५ गते १४:३९

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक तर्फको ७ हजार ८८१ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी माघ १५ गते ३५ दिने सूचना जारी गरेको हो ।

उक्त शेयर खरीदका लागि इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिभित्र कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं र शेयर रजिष्ट्रार कुमारी क्यापिटलको नक्साल, काठमाडौंमा रहेको कार्यालयमा आवेदन पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया