बिहीबार, वैशाख १३, २०८१

रास्वपले बोलायो केन्द्रीय समिति बैठक, रविलाई आजै पार्टी सभापतिमा फर्काइँदै

मेरोन्यूज २०७९ माघ १५ गते १४:२४

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको छ । रवि लामिछानेको नागरिकता विवादमा उनको पार्टी सभापति, सांसद देखि उपप्रधान तथा गृहमन्त्री समेतको पद गुमेपछि रास्वपले पार्टीको आकस्मिक बैठक बोलाएर पार्टी कार्यबाहक सभापति र संसदीय दलको नेताका रुपमा अहिले श्रम तथा रोजगार मन्त्री रहेका डोलप्रसाद अर्याललाई छानेको थियो ।

तर आइतबार रविले नागरिकता पूनप्राप्तीका लागि जिल्ल प्रशासन कार्यलयमा निवेदन दिएर नागरिकता पूर्नपा्रप्ती गरेपछि रास्वपले पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकले रविको गुमेको पार्टी सभापति पद फेरि रविलाई नै दिने गरि फर्काउने निर्णय लिँदैछ ।

‘नागरिकता लिएर फर्किने बित्तिकै उहाँलाई पार्टी सभापति घोषणा गरिन्छ’ डा मुकुल ढकालले बताए ।

प्रतिक्रिया