शुक्रबार, चैत १६, २०८०

राखी सावन्तकी आमाकाे निधन

मेरोन्यूज २०७९ माघ १५ गते ११:१६

बलिउड अभिनेत्री राखी सावन्तकी आमाको निधन भएको छ । उनकी आमा जया लामो समयदेखि मुम्बईको टाटा मेमोरियल क्यान्सर अस्पतालमा भर्ना थिइन् । उनलाई क्यान्सर र ब्रेन ट्युमर थियो । उनकाे हिजो (२८ जनवरी)मा निधन भएकाे हाे ।

राखी र उनका नजिकका साथीहरूले हिजो जयको निधनको पुष्टि गरेका छन्। उनी अन्तिम क्षणमा आमासँगै थिइन् । अस्पतालबाहिर आमाको शव बोकेर निकाल्ने क्रममा राखी पूर्णतया अचेत अवस्थामा देखिएकी थिइन् ।

आमालाई सम्झँदै उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘आज मेरो शिरबाट आमाको हात छुटेको छ, अब मसँग गुमाउन केही बाँकी छैन ।’

आज उनकी आमाको मुम्बईमा दाहसंस्कार गरिने भएको छ ।

Advertisement

प्रतिक्रिया