शनिबार, वैशाख ८, २०८१

कर्णाली र सुदूरपश्चिममा हिमपात र वर्षाको सम्भावना

मेरोन्यूज २०७९ माघ १५ गते ६:४७
फाइल तस्बिर

काठमाडौँ । आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजेको बुलेटिनमा देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली भएको जनाएको छ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहररूमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने महाशाखाले जनाएको छ।

भोलि सोमबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका मेअी स्थानमा हल्का देखि मध्यम वर्षा हुने र दुवै प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया