बिहीबार, वैशाख १३, २०८१

पुस्तक कुराकानी :

दिमागमा पैसा मात्र बोकेर हिंडे सिर्जनात्मक हुन सकिदैन : दामोदर न्यौपाने (लेखक/पत्रकार)

मेरोन्यूज २०७९ माघ १४ गते १९:१२

विगत २० वर्षदेखी पत्रकारितामा सक्रिय पत्रकार दामोदर न्यौपानेको पुस्तक घरको शिक्षा स् संस्कारयुक्त मनोवैज्ञानिक सिकाइ आजबाट बजारमा आएको छ । न्यौपानेका यसअघि एम्बुसमा ६ वर्षा, कर्म स् सिकाइमा गहिरिएको खाडल, स्वर्णिम समय, ट्यालेन्ट शो, स्कुल बेच्ने वालक, हाडको डोको, सम्पदा लडाँई जस्ता पुस्तकहरु बजारमा आएका छन् । न्यौपानेसँग मेरो न्युजका लागि नरेन्द्र रौलेले गरेको कुराकानी :

घरको शिक्षाभित्र कस्तो विषयवस्तु समेटिएको छ ?
– वालवालिकाहरुलाई के सिकाउने, कसरी सिकाउने ? मुख्य कुरा आफूले के सिकेको छु भन्ने कुरा हो । वालवाललिकालाई दक्ष बनाउने, असल बनाउने हाम्रँे लक्ष्य हो । हामीले कस्तो वातावरण दियौं ? समाजले उनीहरुलाई के सिकाउँदैछ ? देशले के सिकाउँदैछ ? भन्ने जस्ता विषय पनि समेटिएका छन् । सिकाईका लागि अन्तर्राष्ट्रिय अभ्यासहरु के–के छन् भन्ने कुरा पनि समाबेश छ । जोन हल्टले, दुुबेले के अभ्यास गरे ? गिजुभाइले, ओशो, स्वामी विवेकानन्द, हिन्दु, इसाइ, बुद्धिजम के हो ? यिनले के सिकाउँछन् ? यस्ता प्रश्नहरुको जवाफ मेरो किताबमा पाउनु हुनेछ ।

मानिस विवेकवान बनुन् भन्ने सबैको इच्छा हो । घरको माहोल कस्तो हुनुपर्छ ? त्यो बारे धेरै अनविज्ञ हुनुहुन्छ । कुनैपनि व्यक्ति घरमा असल भएन भने बाहिर असल हुन सक्दैन । कैयौं मानिस स्कुल नगएर कर्मठ, राम्रा छन् । त्यो घरकै वातावरणको कारण हो । के गर्न हुन्छ, के गर्न हुदैन भन्ने कुरा वालवालिकाहरुलाई सिकाउन जरुरी छ । स्कुलले ज्ञान दिएको छ, विवेक दिएको छैन । जति वालवालिका विवेकवान छन्, ति घरकै कारण छन् भन्ने लाग्छ । आइक्यु टेस्ट गर्ने, रिजल्ट वरियन्टेड मात्र देखिए । शिक्षाका खराबीहरुमाथिको, त्रुटी माथिको बहस हो ।

शिक्षा उत्पादन, मानवतासंग जोडिएको छैन । कर्तव्यनिष्ठ, विवेकवान बनाएन शिक्षाले । पिपल अनगिन्ती उम्रिएको छ । यिनै विषवस्तुबारे चिन्तन हो मेरो पुस्तक । यो अभ्यासमा आधारित किताब हो । मेरै घरका पात्र छोरा हार्दिकलाई लामो समयदेखी मैले अध्ययन गरें । हामीले वालवालिकालाई सिकाएको आउट्पुट् के आयो ? सिद्धान्तको कसिमा बसेर गरिएको व्यवहारिक अभ्यास हो, घरको शिक्षा । यो खासगरी सिद्धान्त र व्यवहारको घुलन हो । सिद्धान्त पुरानो हुन्छ व्यवहार नयाँ हुन्छ । यो पढ्दा नयाँ ज्ञान प्राप्त हुन्छ मैले विश्वास छ ।

विशेषगरी यो पुस्तक कसलाई लक्षित हो ? कसले पढ्नुपर्छ ?

घरको मानिसले पढ्नुपर्छ । घरमा को–को छन् त ? घरमा सबै हुन्छन् । नेता, मन्त्री, सचिव, शिक्षक, बच्चा, निति निमार्ण तहका मानिस होलान् । सबैले पढ्नु प¥यो । यो देश बनाउने चिन्तन हो । देश बनाउने सरोकार जसको हुन्छ, उहा“हरु सबैले पढ्नुपर्छ । असल नागरिक कसरी उत्पादन गर्ने सिकाईबाट ? यो प्रक्रियामा जो जो सहभागी हुन्छन्, ति सबै पढ्नु पर्छ । जसको सरोकार बच्चा हो, त्यसले पढ्नुपर्छ ।


अघिल्ला पुस्तक भन्दा यो के फरक छ ?
यो अर्को भेराइटिको पुस्तक हो । मेरा सबै पुस्तकहरुमा फरक विषयवस्तु हुन्छ । स्कुल बेच्ने वालक, प्रारम्भिक वाल्यअबस्थामा केन्द्रीत छ । घरको शिक्षा चाहि उत्तर वाल्यअबस्थामा कसरी हुर्काउने, पढाउने भन्ने विषय छ । प्रारम्भिक वाल्यअबस्था पढेको पाठकलाई यो घरको शिक्षा पढ्दा फरक लाग्छ । स्कुल बेच्ने वालक पुस्तकको यो दोस्रो श्रृंखला हो ।

यो पुस्तक लेख्नमा कत्तिको समय लाग्यो ?
यसलाई सैद्धान्तिक पाटो र व्यहारिक पाटोबाट हेर्नुपर्छ । यो एक हप्ताभरीको अनुसन्धान हो । प्लट, व्यवहारिक सामग्री पनि तयार भयो । सैद्धान्तिक ज्ञान र लामो समयदेखीको व्यवहारिक पाटो यसमा समेटेको छु । समयको समग्र गतीलाई मैले एक हप्तामा मैले बाँडे । त्यसमा पनि घण्टा, घण्टा, मिनेट मिनेटमा बाडेर हरेक क्रियाकलापमा के के सिक्न सकिन्छ भनेर हेरियो । ७ दिनमा मैले कुनै दिन त दिनमै १० हजार शब्द लेखें । हप्तामा ५६ हजार शब्द लेखेछु । ज्ञानकै विषयमा लेखें । व्यवहारिक अध्ययन, लेखाईमा ७ दिन लाग्यो । जम्मा १ लाख शब्द लेखियो होला । सम्पादनमा ६ महिना लाग्यो ।

पुर्नलेखन धेरैचोटी गरियो । अरुलाई यसबाट प्रेरणा पनि हुन सक्छ । एकै दिनमा सक्नुपर्छ भन्ने लाग्यो । कुनैबेला रातको २ बजेसम्म पनि लेखिन्छ । अर्को कुरा समय व्यवस्थापन कला पनि यस पुस्तकमा देखिन्छ । समयलाई चिन्न र त्यसलाई आफ्नो हातमा लिन सक्यो भने चमत्कार हुन्छ भन्ने कुरा देखाउन सकिन्छ । यो सिर्जनात्मक यात्रा हो । ७ दिनमा मानिसले कति सिर्जना गर्न सक्छ, कुन स्तरको सिर्जना गर्न सक्छ भन्ने कुरा देखाउँछ ।

म आममानिसहरुलाई समय व्यवस्थापन कलाबारे सिकाउँन चाहन्छु । १० वर्षमा मैले १० वटा किताब लेखें । अरु पाण्डुलिपी २ वटा तयार छन् । १ लाख भन्दा बढी शब्दका पुस्तक तयार छन् । वाल साहित्य, सह लेखनका पुस्तक जोड्ने हो भने अझ त्यो संख्या धेरै पुग्छ । जति पुस्तक निकालें, त्यो समय ब्यबस्थापनकै कारण सम्भब भएको हो । मैले सत्य तथ्यपूर्ण कुरा मात्र लेख्छु । न्यायपूर्ण तरिकाले पत्रीकामा लेख्छु । जागिर र किताब लेखनको कुराबिच सरोकार छैन । फाल्तु कुरा लेख्नु भएन । एउटा फ्रेममा बसेर लेखेको छु । खस्किन नसक्ने गरी लेख्छु । माधव घिमिरेको गौरी र देवकोटा मुनामदन जस्ता कृतिको साइज सानो छ । सानो हु“दैमा अर्थपूर्ण नहुने पनि होईन । ठूलो हुँदैमा शब्दहरुको महासागर हुन्छ भन्ने पनि होईन । त्यसको निचोड पनि महत्वपूर्ण हुन्छ । सन्देश महत्वपूर्ण हुन्छ । म संक्षेपमा पनि लेख्न सक्छु, लामो भर्सनमा पनि लेख्न सक्छु ।

हरेक वर्ष तपाईंका किताबहरु आईरहेका छन् । लेख्न, बजारसम्म ल्याउने प्रकृया लामो हुन्छ । यो कसरी सम्भव छ ?
छिटो हिंड्न एउटा सूत्र छ । सोचमा, दृष्टिकोणमा अल्मलिनु भएन । बाटो थाहा पाउनु प¥यो । अनामनगरबाट माइतीघर पुग्नु छ भने सिधा बाटो हिंड्नुपर्‍यो । मलाई त्यो बाटो थाहा छ । मैले समाजका मुद्दा बुझेको छु । देश बनाउन आवश्यक पर्ने सैद्धान्तिक ज्ञान मैले आर्जन गरेको छु । समाजका छिद्र, भ्वाङ् मैले बुझेको छु । २० वर्ष पत्रकारिताको सक्रिय यात्रामा मैले ति छिद्र देखें । भ्वाङ् पसें । मानिस चिनें । प्रबृत्ति चिनें । बाटो पहिल्याउँन सहयोग पु¥यायो । यो मैले गर्नैपर्छ । गरेरै छाड्छु भन्ने अठोट लिए“ । म आफ्नो मुद्दामा प्रष्ट भए“ । बाटोमा अलमल कतै भएन । गर्न पर्ने धेरै छ । यो सोचले मेरो गती बढेको हो ।


यो पुस्तकलाई दुर्गम गाउसम्म कसरी पु¥याउने ? आम पाठकहरुसामु कसरी पुर्‍याउने तयारी गर्नु भएको छ ?
त्यो काम त बितरक र प्रकाशकको हो । मैले उहाँहरुलाई भेटेर सल्लाह, सुझाब दिएको छु । किताबको मूल्य बढ्दै गएको छ । अर्थपूर्ण पुस्तक भयो भने पाठकहरुले किन्छन् । यो पुस्तक किन पढ्ने भनेर जवाफ दिन सक्यो भने पाठकहरुले किताब किन्छन् । किनिएका उदाहरण पनि छन् । किनेर पढ्नेहरु छन् । अर्थपूर्ण लाग्यो भने किन्छन् । फरक धार र उद्देश्यमूलक भयो भने पुस्तक किन्छन् । फरक क्षेत्रमा केही गर्नुपर्छ भन्ने लाग्छ । जलस्रोत, जडिबुटी, सम्पदा, कृषि क्षेत्रमा के गर्ने ? यस्ता जल्दाबल्दा विषयका समस्यालाई सल्टाएर कसरी अगाडी बढ्ने ? त्यसबारे पनि पुस्तक आउन जरुरी छ ।
पाठकहरुको हातमा पु¥याउन समस्या छ । यातायातको समस्या विद्यमान छ । अचेल अनलाइनबाट पनि अर्डर गर्न सकिन्छ । अर्डर गर्ने हो भने देश, विदेशमा पु¥याउने व्यवस्था गरिएको छ । मैले लेखें, मेरो काम सकियो भन्ने होईन । पाठकहरुसामु पु¥याउने, प्रतक्रिया लिने, उनीहरुको जीवनमा केही परिवर्तन आयो कि आएन भनेर बुझ्ने कोशिष हो मेरो । त्यस्तो कोशिष गरिएन भने यस्तो लेखनको सार्थक पनि हुँदैन।

लेखकलाई रोयल्टीबारे पनि समस्या छन् । तपाईंको हकमा कस्तो अनुभव छ ?
मैले शिखा प्रकाशन गृहबाट छापेको पुस्त्कबाट रोयल्टी पाए । मैले यो पुस्तकको बिक्रिको १५ प्रतिशत रकम पाउने कुरा छ । शिखाले रोयल्टी प्रदान गरिसक्यो । अरु ५ वटा प्रकाशन गृहबाट पाउने पर्ने रकम बा“की छ । नेपालका प्रकाशकहरुमा रोयल्टीमा समस्या छ ।
कतिपय पत्रकारहरु पूर्णकालिन लेखक बने । तपाईंले त जागिरलाई पनि निरन्तरता दिईरहनु भएको छ । पूर्णकालिन लेखक बन्ने सोच छ ?
पूर्णकालिन लेखक त म यसै भईहालें । बहस चलाईराख्ने किताब लेखिरहेको छु । कर्म भन्ने किताब चौथो संस्करण आईसक्यो । स्कुल बेच्ने वालक तेस्रो संस्करण आयो । पाठकहरुले रुचाइराखेका छन् । म आफै धेरै प्रमोशन गर्न नसक्नेमा पर्छु । जुन धेरै पाठकहरुमाझ पु¥याउन सकियो त्यो दिन बा“च्न सक्छु जस्तो लाग्छ । इमानदारीपुवर्क रोयल्टी पाईयो भने बा“चिन्छ होला । समाजका लागि उपयोगी पुस्तक लेखिरहन्छु । पूर्णकालिन लेखक त हो नै । बा“च्नका लागि मेरा अरु स्रोत भएनन् भने किताब बोकेर बेच्नु पर्ने हुन्थ्यो । दिमागमा पैसा मात्र बोकेर हिंड्यो भने सिर्जनात्मक हुन सकिदैन । कर्म गर फलको आशा नगर भन्ने हिसाबले काम गर्छु । मैले रोयल्टी पाएको छु । पाठकहरुले किनेर पढेका छन् । निरन्तर रोयल्टी पाईरह्यो भने त मेरो परिवारको तीन पुस्ताले रोयल्टी पाउ“छ हो । मैले लेखेका पुस्तक कहिल्यै पूराना हुदैनन् । सय वर्ष अघि लेखिएका जोन हल्ट, मारिया, मदर टेरेसाका सेवा, अब्राहम लिंकन, गान्धी, माओको क्रान्ति, अहिले पनि सान्र्दभिक छन् । प्यारेन्टिङका सूत्र तिनै हुन्छन् । किताब त बाचिराख्छन् ।

पुस्तक लेख्ने क्रममा बेला अरु किताब पढ्नुहुन्छ ?
पढ्छु । पढ्दा–पढ्दै सन्दर्भ सामग्री खोज्छु । लेखाई र पढाई संगस“गै हुन्छ । टिपोट गर्दै जान्छु । पढिएका कुरा त भुलिदै पनि गईन्छ नि ।

प्रतिक्रिया